ट्रेन्डीङ्ग

संयुक्त राजनैतिक दलद्वारा डोटिमा एमसिसि को विरोध प्रदर्शन

प्रकाश बहादुर थापा,माघ २६, डोटी।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चा नेपालको आयोजनमा दिपायल पिपल्ला बजार डोटीमा एमसिसी को विरुद्धमा विरोध प्रदर्शन सम्पन्न भएको छ ।                                                                                                                                                  पिपल्ला बजारको रिभर साइड होटलको प्राङगणबाट नाराजुलुस सहित शुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा गएर कोणसभामा परिणत भएको थियो । सो कोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर बोहराले नेपालको दलाल सरकारले आफ्नो निजि स्वार्थको लागि राज्य बेच्न तयार भएको हुदा त्यसको शसक्त प्रतिरोध गर्ने जहाँ कि रगत बग्नु नै किन नपरोस अर्को सन्दर्भमा ३ बुदे सहमतिलाई लट्यादै चुनावको घोषणा सरकारले घोषणा गरेको हुदा यसको मूल्य सो सरकारले नै चुकाउने बताउनु भयो । सो कोणसभामा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपालका सुप प्रदेश उपाध्यक्ष बेणि माधव जोशीले एमसिसि सम्झौता गरी नेपाललाई परनिर्भर बनाइ देशलाई युद्धभूमिको केन्द्र बनाउन खोजिएको हुदा सम्पूर्ण नेपाली राष्ट्रियताको लागि जाग्नु पर्ने डटेर सामाना गर्नु पर्ने बताउनु भयो ।                                                                                                                                                                   अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवदी)का जिल्ला सेक्रेटरी चन्द्र थापाले एमसिसि भनेको केकस्तो हो भनेर नबुझेको भए प्रधानमन्त्री शेर बहादुर देउवा,बाबुराम भट्टराई लगायत नेताहरुले अध्यायन गम्भीरताका गर्न अनुरोध गर्नु भयो । सो कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य ममताले संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?