
रामु भुसाल, माघ २६,परासी ।
वनको बैज्ञानिक ब्यवस्थापन गरौँ कार्वन सञ्चितीमा बृद्धि गरौँ भन्ने मुल नाराका साथ बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघको आयोजनामा बुधबार बर्दघाट को चिसापानीमा जिल्ला स्तरिय बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघ नवलपरासी गठन गरिएको छ ।
बैज्ञानिक वन ब्यवस्थापनमा गएका जिल्लाका १४ वटा सामुदायिक वनको भेलाले सो जिल्ला महासंघ गठन गरेको हो । बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनको प्रमुख आतिथ्यता एवं डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताको विशेष आतिथ्यतामा सम्पन्न भएको भेलामा बोल्दै प्रमुख अतिथि सेनले राज्यले बैज्ञानिक वनको कार्यविधि खारेज गरेर बैज्ञानिक वनमा गएका सामुदायिक वनलाई अन्योलमा राख्दै सामुदायिक वन भित्र नै एक आपसमा विवाद गराइदिएको बताउदै सामुदायिक वन उपभोक्ता महासंघले बैज्ञानिक वन ब्यवस्थापनलाई ठोस निर्णय नदिएको प्रति महासंघको आपत्ति रहेको बताउनुभयो ।
सेनले राज्यले बैज्ञापनक वन कार्यविधि खारेज गरेपनि बैज्ञानिक वनको कार्य योजना खारेज नगरेको हुदा वैज्ञानिक वनले कार्य योजनामा भएका काम गर्न पाउनुपर्ने समेत उल्लेख गर्नुभयो ।
सोही अवसरमा बोल्दै विशेष अतिथि गुप्ताले राज्यले सामुदायिक वनलाई अनिर्णयको वन्दी बनाउन नहुने कुरामाथि जोड दिदै बैज्ञानिक वन ब्यवस्थापनमा कमि कमजोरी भए सच्याउदै वनको दोहोरो निति खारेज गरि एक रुपता ल्याउनुपर्ने बताउनुभयो ।
भेलामा विशेष अतिथि बर्दघाट नगरपालिका वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामी, मुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डे लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको उदेश्य माथि चिसापानी सामुदायिक वनका अध्यक्ष एवं महासंघका प्रदेश महासचिव होम बहादुर गुरुंगले राज्यको अवधारणा अनुसार नै सामुदायिक वनहरु बैज्ञानिक वन ब्यवस्थापनमा गएको हुदा राज्यले दोहोरो निति ल्याउन नहुने र सो विभेदकारी नितिमा सामुदायिक वनको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघले ठोस कदम नचालेको हुदा बैज्ञानिक वन ब्यवस्थापनमा गएका सामुदायिक वनहरुले आफनो आवाज उठाउन बाध्य भएर छुट्टै महासंघ गठन गरि आन्दोलनमा जानु परेको बताउनुभयो ।
सो अवसरमा महासंघका प्रदेश सदस्य कमल पराजुलीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका प्रदेश सचिव तोप बहादुर खड्काले गर्नुभएको थियो । सो जिल्ला भेलाले यज्ञ प्रसाद पाण्डेको अध्यक्षतामा १३ सदस्यिय जिल्ला स्तरिय बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघ नवलपरासी सर्व सम्मत गठन गरेको छ ।
देशभरका ७ सय ६५ सामुदायिक वन बैज्ञानिक वन ब्यवस्थापनमा गइसकेको र हाल महासंघले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा महासंघ गठन गरिसकेको र आगामी दिनमा प्रदेश नम्बर १ र मधेश प्रदेशमा छिट्टै जिल्ला महासंघहरु गठन गरिने प्रकयामा रहेको महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले जानकारी दिनुभएको छ ।