
माघ २५,सुनवल।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि) विरुद्ध भुमहिमा संयुक्त विरोध प्रदर्शन हुने भएको छ।
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी सहित संयुक्त राजनीति दलले विरोध प्रदर्शन गर्ने भएका हुन।
नेकपा सहित ५ राजनीति दलले एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै संयुक्त राजनीति दलले बिरोध कार्यक्रम गर्दै आइरहेका छ।
सोही कार्यक्रम अनुसार नवलपरासीमा ६ दल बामपन्थी दल र दुई मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार २६ गते देशैभर एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध कार्यक्रम तयारी गरिएको छ ।
केन्द्रमा संसद भवन घेराउ गर्ने र जिल्ला जिल्लामा बिरोध कार्यक्रम तयारी गरिएको ती पार्टीका नेताहरुले जनाएका छन् ।
सोही क्रममा पश्चिम नवलपरासीको भुमहीमा दिउसों १ बजे संयुक्त बिरोध कार्यक्रम तयारी गरिएको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य प्रताप मिश्रले जानकारी दिनुभयो ।
जिल्लामा क्रियाशिल ३ पार्टी र २ मोर्चाको सक्रियतामा बिरोध कार्यक्रम हुने भएको हो ।
विप्लव नेतृत्वको नेकपा, वैध्य नेतृत्वको नेकपा( माओवादी क्रान्तिकारी ) नेकपा मसाल , राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालसहितका दलहरु कार्यक्रममा सहभागी हुनेछन् ।
त्यस्तै २२ दलीय मोर्चाको आव्हानसँगै पनि २६ गते देशैभर कार्यक्रम गरिदैछ ।