
वालिङ। वालिङमा सिलाई कटाई तालिम शुरु भएको छ । आधिखोला वहुप्राविधिक शिक्षालयको आयोजना तथा दियालो युएनडिपी नेपालको सहजीकरणमा तालिम शुरु भएको हो ।
तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नम्वर ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले घर घरमा सीपयुक्त जनशक्ति हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो,सीपयुक्त जनशक्तिले नै आर्थिक संवृद्धि सम्भव छ । तालिम सफलतको शुभकामना राख्दै अध्यक्ष श्रेष्ठले महिलाहरुका लागि सिलाई कटाई तालिम निक्कै उपयोगी हुने बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सिक्ने र सिकाउने बीचको सक्रियताले नै तालिम सफल हुने बताउनु भयो । दियालो संस्थाले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, दियालो संस्थाले महिलाहरुलाई सीपयुक्त बनाउन बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बोल्दै आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख ईन्जिनियर शरद कोईरालाले स्थानीयको माग र आवश्यक्ताका आधारमा बिभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । छोटो अवधी र लामो अवधीका गरी दुई प्रकारका सीपमूलक तालिम सञ्चालन गरिरहेको भन्दै प्रमुख कोईालाले जुनसुकै सीपमुलक कार्यक्रम सञ्चालनका लागि पनि आफूहरु तयार रहेको स्पष्ट पार्नु भयो ।कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडेल, लेखापाल अशोक गैह्रे लगायतले बोलेका थिए ।
तीन सय ९० घण्टा अर्थात ६५ दिन सम्म सञ्चालन हुने तालिममा शर्मिला अधिकारी महत तथा चन्द्रकला तिवारीले प्रशिक्षण दिनुहुने जनाईएको छ । तालिममा २० जना महिलाहरुको सहभागीता रहेको छ ।
यसैबीच दियालो संस्थाका सल्लाहकार सम्पूणर् राईलाई संस्थाले बिदाई गरेको छ । सुआहारा परियोजनाान फूड टेकको रुपमा स्याङ्जा आउनु भएका राईले दियालो संस्थाको सल्लाहकारको रुपमा २ बर्ष सम्म काम गर्नु भएको थियो ।
फेरी भेटौला कार्यक्रममा सुआहाराका गण्डकी प्रदेश संयोजक याम जिसी,दियालो संस्थाका अध्यक्ष कविता तिवारी, कृषि बिज्ञ अर्जुन सुवेदी,बित्तिय अधिकृत दिपेन्द्र पौडेल,दियालो युएनडिपीका प्रमुख राधाकृष्ण डुम्रे,दियालो सुआहाराका प्रमुख ओमसुव गुरुङ लगायतले बोलेका थिए ।राई गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्नु लागेको अन्नपूणर् खाद्यान्नमा प्रमुखका रुपमा समेत कार्यरत रहनु भएको छ । राई अध्ययनका लागि थाईल्याण्ड जान लाग्नु भएको हो ।