ट्रेन्डीङ्ग

मूल्य वृद्धि विरुद्ध हेटौंडामा चक्काजाम

सुर्य बहादुर गोले,माघ २३,मकवानपुर ।                                      नेकपा निकट जवस मोर्चाले आज हेटौंडामा चक्काजाम गरेको छ। पछिल्लो समयमा सरकारले जनताको माग विपरीत पेट्रोलयम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध विभिन्न जन वर्गीय संगठन मकवानपुरले संयुक्त रुपमा चक्काजाम गरेको हो।

हेटौँडा स्थित पूर्वपश्चिम राजमार्गको सडक खण्डमा चक्काजाम गरिएको हो। चक्काजामको समयमा विभिन्न सवारी साधनमा यात्रा गरिरहेका सम्पूर्ण यात्रुहरुले समर्थन जनाएका थिए। कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विवेक घलानले जनताको स्तरबाट पटक पटक खबरदारी सहितको मूल्य वृद्धि खारेजीको माग गर्दा पनि सरकारले टेरपुच्छर नलगाएको प्रति आक्रोश व्यक्त गरेका छन्। पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन तथा चक्काजाम कार्यक्रम एउटा सांकेतिक कार्यक्रम मात्रै भएको बताउँदै तत्काल जनताका माग अनुसार मूल्य वृद्धि खारेज नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन्।

 जन वर्गीय संगठन मकवानपुरका नेता कार्यकर्ता तथा जनताको सहभागितामा भएको चक्काजाम कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका केन्द्रिय सदस्य मकवानपुरका जिल्ला अध्यक्ष किरण अर्यालले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal