ट्रेन्डीङ्ग

विप्लवका झापा जिल्ला सचिव प्रशान्त सहित ९ जना पक्राउ

प्रविण विद्रोही,झापा,२३ माघ। नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव सहित ९ जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार राजमार्ग अवरुद्ध गर्न खाेजेपछि उनिहरूलाई नियन्त्रणमा लिइएको हो।संयुक्त जवस मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोध स्वरूप १ घण्टा चक्काजाम गर्न सडकमा निस्किएका उनिहरूलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दुर्गापुरबाट पक्राउ गरेको पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले जानकारी दिए।

जिल्ला सचिव प्रशान्त थापा,जिल्ला सदस्य सौगात कटुवाल सहित ९ जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकाे र उनिहरूलाई विनासर्त रिहाइ नगरिए सशक्त प्रतिरोध गर्ने नेकपा झापाले चेतावनी दिएको छ।

जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ ।

उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन्।संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल निगम , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने,माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal