ट्रेन्डीङ्ग

पाल्पामा एमसिसि विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

मुक्ति गैरे,पाल्पा,माघ २०।पाल्पामा मिलेनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने भएको छ।

पाल्पाको तानसेनमा बसेकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज अपेक्षा,राष्ट्रिय जनमाेर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामि,नेकपा क्रान्तिकारी माओवादी जिल्ला सचिव लिला श्रेष्ठ सहित बसेकाे तीन दलको संयुक्त बैठकले यहीँ माघ २६ गते तानसेनमा विरोध प्रदर्शन गर्ने निर्यण गरेको छ।

एमसिसि सम्झौता राष्ट्रघाति भएको र उक्त सम्झौताका केही बुँदाहरु नेपाल सरकार संग समान्तर देखिने भएको हुँदा उक्त सम्झौता नेपालमा ल्याउनु ठूलो राष्ट्र हुने बताउदै आएका छन।
उक्त सम्झौताका नाममा अमेरिकाले आफ्नाे स्वार्थसिद्ध गर्न लागिरहेकोले याे सम्झौता ल्याउन र पास गर्न नहुने बताए समेत ती दलहरुका नेताहरुले बताउने गरेका छन।

यस अघि उक्त सम्झौताका विरुद्धमा पटकपटक तानसेनमा विरोध प्रदर्शन भएको थियोे ।नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रामपुरमा रहेको एमसिएकाे क्षेत्रीय कार्यलय हटाउन चेतावनी दिदै पत्र समेत बुझाएको थियो।

अहिले नेपाल सरकारले निर्णायर्थ प्रस्तुत गर्न लागि रहेको हुँदा उक्त सम्झौताका विरुद्ध चर्को अावाज उठिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal