ट्रेन्डीङ्ग

मकवानपुरमा मुल्यवृद्धि विरुद्ध प्रदर्शन

सुर्य बहादुर गोले,माघ २०,मकवानपुर।

नेकपा निकट जवस मोर्चा मकवानपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध संयुक्त विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रम गरेको छ। सीमा चोकदेखि सुरु भएको र्याली बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा जवस मोर्चाका नेता कार्यकर्ताका साथै आम जनताका प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागीता थियो। कोणसभा कार्यक्रममा बोल्दै जन सांस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष तथा केन्द्रिय सामना परिवारका इन्चार्ज आरोह नेपालीले जनताको ढाड सेकिने गरी पटक पटक पेट्रोलियम पदार्थमा गरिएको अनियन्त्रित मूल्य वृद्धिको ज्यादती तत्काल बन्द नगरे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आम जनता सहित कडा संघर्षमा उत्रन बाध्य हुने बताए। दलाल राज्य सत्ताले पेट्रोलियम पदार्थको माध्यमबाट नेपाली जनता लुट्ने कुनीति लिइरहेको हुनाले जुनसुकै पार्टी संगठनमा आबद्ध रहेता पनि यो कदमको विरुद्ध एकजुट भएर सडक संघर्षमा आउनुपर्ने बेला भएको बताए।


कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज विवेक घलानले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal