
जीवन थापा,माघ २०,डोटि ।
जनपत्रकार संगठन नेपाल, जिल्ला, समिति डोटि द्वारा पत्रकार महासंघ जिल्ला शाखा डोटिलाई ५ बुदे ज्ञापनपत्र बुझाएको छ। जनपत्रकार संगठन नेपाल , जिल्ला समिति डोटिले महासंघ लाई मर्यादित, अनुशासित र जिम्मेवार बन्न विभिन्न मागहरू राखि ज्ञापनपत्र बुझाएको थियो।
नेपाल पत्रकार महासंघ डोटिथप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन जनपत्रकार संगठन नेपाल, जिल्ला समितिडोटिले तपशिल बमोजिममा ज्ञापनपत्र पेश गरेकाे छ :-
१) श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिको पुनर्स्थापना, राहत र स्वास्थ उपचारका लागि पहल गरियोस् ।
२) सदस्यहरूको सुद्धिकरण गरि महासंघलाई मर्यादित, अनुशासित र जिम्मेवारी बनाईयोस्। महासंघको सदस्यता प्राप्त गर्ने सन्दर्भमा देखिएका समस्याहरू हल गरियोस्। पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस्।
३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस् ।
४) समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् ।
५) पत्रकारहरुको वृद्ध विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।