ट्रेन्डीङ्ग

नेकपाद्वारा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि विरुद्ध प्रदर्शन

माघ २०,काठमाडौँ ।                                                     नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले काठमाडौँमा भव्य कोणसभा सम्पन्न गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि विरुद्ध जवस मोर्चाले प्रदर्शन गर्दै कोणसभा गरेको हो ।

जनताको दैनिक जीबनमा आवश्यक पर्ने आधारभूत कुरामा सरकार जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मूल्यबृद्धि गरेको भन्दै केन्द्रीय संघषका कार्यक्रम अन्तरगत प्रदर्शन गरिएको हो । काठमाडौँको माइतीघरमा आयोजित कोषसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा श्रमिक समूदाय मोर्चाका अध्यक्ष रामलाल विश्वकर्माले मूल्यबृद्धि फिर्ता लिन देउवा सरकारलाई आग्रह गरे ।

बाहिर हेर्दा पेट्रोलियम पदार्थमा मात्र मूल्यबृद्धि भएको जस्तो देखिएपनि यसले चौतर्फी असर पार्ने भन्दै यसपटक गरिएको मूल्यबृद्धि कुनैपनि हालतमा फिर्ता लिन देउवा सरकारलाई आग्रह गरेका हुन् । ‘पेट्रोलिय पदार्थमा मूल्यबृद्धि हुँदा गाडि भाडा बढ्छ, ढुवानी खर्च बढ्छ, ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य बस्तुको मूल्य बढ्छ, उद्योग कलकारखानाको लागत खर्च बढ्छ ।’ कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘यसले समग्र जनताको दैनिकीमा असर गर्छ । यसले जनताको चुलो चुलोमा महंगी बढाउँछ ।’

सरकारले मूल्यबृद्धि नियन्त्रण गर्न भन्दा झन् बढाएकोमा आक्रोश पोख्दै विश्वकर्माले सरकारले विभिन्न बहानामा लगाएको कर छुट दिनपर्ने बताए । ‘रक्सौलमा ८४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य काठमाडौँमा किन १४२ रुपैयाँ पुग्छ ? नेपालीले फोकटमा ५८ रुपैयाँ किन तिरिरहेका छन् ?’ उनले अगाडि भने, ‘किन भने यसमा सरकारले विभिन्न किसिमका ९/१० वटा करहरु थोपरेको छ । नेपाल आयाल निगम भन्ने संस्था सरकारको एउटा निगम हो । यसले प्राइभेट संस्था जसरी कर लिइरहेका छ ? यी विभिन्न करहरुको अन्त्य हुन पर्छ ।’

उनले भिआईपी र भिभीआईहरुले पेट्रोलियम पदार्थमा सुविधा लिइरहेको। पूर्व प्रशासन तथा कर्मचारीहरुले प्रिमा पेट्रोलियम पदार्थको उपभोग गरिरहेको बताए । ‘पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रशासन, पूर्वकर्मचारीले निगमबाट सुविधा लिएको पाइएको छ । उनीहरुलाई दिइने सेवा तुरुन्त फिर्ता गर्न पर्छ ।’ उनले अगाडि भने, ‘कर्मचारीहरुलाई दिइने विभिन्न खालका सुविधाहरु कटौती गर्नपर्छ । राज्यले यतातिर ध्यान दियो भने जनताले त्यतिकै सहुलियत पाइहाल्छ ।’

यो सब नेपालको सासकिय स्वरुप र राज्य प्रणालीका कारणले भएको भन्दै व्यवस्या परिवर्तनका लागि सबैले फेरी एक पटक जनताले संघर्ष गर्नपर्ने बेला आएको बताए । ‘जनताले २००७ सालदेखि संघर्ष गर्दै आएका छन् । संघर्ष गरेअनुसार जनताको आकाँक्षा पुरा हुन सकेका छैनन् । अहिले देशमा संसद संसद जस्तो छैन, सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन । यस सबैका मुख्य जड दलाल संसदीय व्यवस्या हो ।’ उनले भने, ‘यो व्यवस्थामा जनताको मुक्ति सम्भव छैन । यसैगरी केही समय धकेल्न त सकिएला, समय कटाउन त सकिएला तर बास्तविक समस्याको समाधान हुँदैन् । यो व्यवस्थाको विकल्प खोज्नपर्छ ।’

मङ्गलबार राती १२ बजेदेखि लागू हुने गरी साविकको विक्री मूल्यमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर रु. १४२, डिजल र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम भएको थियो । यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले एक हप्ताको आन्दोलन घोषणा गरेको थियो । भोली शुक्रबार नेपाल आयाल निगम घेराउको कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal