ट्रेन्डीङ्ग

नेकपाद्वारा अबैध रूपमा संचालित क्रसर र चुनढुङ्गा खानी बन्द चेतावनी

माघ १४, अर्घाखाँची ।विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज एक प्रेस विज्ञप्ति जारि गदै राष्ट्रियता जनतन्त्र जनजिविका विषयलाई लिएर लामो समयदेखि अर्घाखाँची जिल्लामा सघर्षरत रहेको बताएको छ ।

नेकपा जिल्ला सेत्रेटरि खेम घतिंले एक प्रेस विज्ञप्ति जारि गदै जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ११ मा पिटिआर अधिकारी निर्माण सेबाका सञ्चालक ऋषिराम अधिकारीले करिब १ बर्षदेखि अबैध रुपमा खोलेको क्रसर उधोगमा मिति २०७८।०९।२९ गते जनताको व्यापक गुनासो आएपछि हाम्रो पार्टीले शान्तिपुर्ण सघर्षको कार्यक्रम अनुसार बन्द गरेको र मिति २०७८।१०। १३ गते जनताको पटक पटक जनगुनासो आएपछि जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोटमा भुगर्भ सिमेन्टद्धारा सञ्चालित चुनढुङ्गा खानीमा हाम्रो पार्टीले ८ बुद्धे माग राख्दै बन्द गरेका थियौ।

जनताको शान्तिपूर्ण आन्दोलनलाई उद्योग सञ्चालक सरोकारवाला निकायले बेबास्ता गदै जबरजस्ती खोलेर पुन सञ्चालनमा ल्याएपछि पनि हाम्रो पार्टीलाई विभिन्न टिकाटिपप्णी गदै जिम्मेबार मिडिया अर्घाखाँची डट. कम लगायत केही जिम्मेबार व्यक्ति बाट सामाजिक सञ्जालमा धम्र्की र प्रलोभनको आशा देखाउदै समाचार प्रकाशन गरेको प्रति हाम्रो गम्भीर ध्यानआकर्षण रहेको छ ।

पार्टीले चन्दा बार्गेनिङ्ग र तीन लाख लिएर खानी चल्ल दिएको भन्ने कुरामा कुनै सत्यता नभएको र हाम्रो पार्टीले जनताको प्रत्यक्ष जीवनमा सरोरकार राख्ने विषय को उठान गर्ने भएकोले यसमा सबै जिल्लाबासी नागरिक समुह,मानबअधिकारकर्मी ,राजनितिक दल , बुद्धिजिवी ,उद्योगी व्यबसायी आम सरोकारवाला निकाय जिम्मेबार बन्न अनुरोध गर्दछौ ।

जनताको प्रत्यक्ष जीवनमा सरोकार राख्ने विषयको उठान गर्न प्रोत्साहन गर्नुको सट्टा जबरजस्ती खानी सञ्चालन गर्नु दलाल पुजीबादको जलन्त उदाहरण हो।

हाम्रो पार्टीको निर्णयलाई बेबास्ता गदै व्यबसायीलले उधोग सञ्चालन गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबार स्वयम् उधोग सञ्चालक र सरोकारबाला निकाय हुने यसै विज्ञप्ती मार्फत जानकारी गराउछौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal