
माघ १३, धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार मृत फेला परेका छन्।
आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी
धनगढी ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका हुन ।
परिवारका अन्य सदस्य आफन्तको बिवाहमा गएर घर फर्किदा उनी कोठामा पल्टिरहेको अवस्थामा भेटिएका थिए। उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जोशी केही दिनदेखि घरमा एक्लै थिय ।