
१३ माघ, धनगढी । बैतडीमा यात्रु बस दुर्घटना भएको छ । बिहान करिब ६ बजे ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा दुर्घटना हुँदा ८ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय दुर्गादत्त भट्ट, ६८ वर्षीय रामसिंह साउद, बाराका ४५ वर्षीय सिराज अन्सारी, मेलौली २ बस्ने २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका–५ की २१ वर्षीया सुशिला चन्द, शिवनाथ ६ बस्ने २९ वर्षीय जनक आउजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनास्थलबाट घाईतेको उद्धार गरि उपचारका लागि डडेलधुरा पठाइएको खड्काले बताए ।