
माघ ११, झापा
झापाको दमक-३ स्थित दुम्सेमा मंगलबार राति हात्तीको आक्रमणबाट दमक ३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको छ ।
अधिकारी ८ बजे तिर मकैमा पानी सिँचाइ गर्नका लागि नजिकैको पैनी (कुलो) मा गएका थिए। त्यहीबेला हात्तीले उनलाई आक्रमण गरेको र घटनास्थलमै हात्तीले ज्यान लिएको सो वडाका वडाध्यक्ष नवीन बरालले बताए।
दमक-३ हात्ती प्रभावित क्षेत्र हो। दिनहुँ यहाँ हात्ती देखिने गरेको छ।