ट्रेन्डीङ्ग

२७ महिने छोरीलाई हत्‍या गरेको आरोपमा युवक पक्राउ

माघ ११, स्याङ्जा।

भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई २७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै खुट्टा समाएर भुइँमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारका लागि पाल्पाको रामपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पक्राउ परेका ढकालविरुद्ध कर्तव्‍य ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न स्याङ्जा जिल्ला अदालतबाट अनुमति लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal