ट्रेन्डीङ्ग

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

माघ ७, परासी । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान साढे २ बजेदेखि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालले बताउनु भयो ।
पहिरो हटाउने काम जारी छ पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal