ट्रेन्डीङ्ग

खाजा खर्च कटाएर वृद्दाश्रम लाई सहयोग

सुनवल, पुस २८ ।
पश्चिम नवलपरासीको सुनवलमा अबस्थित श्री महाकवि देवकोटा क्याम्पस व्यवस्थापन सङ्काय अन्तर्गत दोस्रो वर्षका विद्यार्थीहरुले वृद्दाश्रममा सहयोग गरेका छन।

दोस्रो बर्षमा अध्यन गर्ने करिब ३५ जना विद्यार्थीले एकदिनको खाजा बापतको रकम संङ्कलन गरी सुनवल -१३ बडेरा स्थित पवित्र वृद्दाश्रम सगर पोखरिलाई लत्ताकपडा ,खाद्यान्न सहयोग गरेको एक विद्यार्थीले बताए ।

एकदिनको खाजा बापतको रकम संकलन गरि हाईनेक , सुरुवाल , मोजा, पञ्जा, किचन सुज,टोपी, एवम् सरसफाइमा प्रयोग हुने लुगा धुने, नुहाउने र भाडा धुने सावुन त्यस्तै दैनिक खाद्यान्नमा प्रयोग हुने चामल, तेल, चिनि, चियापत्ति , चना ,सोयाविन, नुन लगायतका सामग्री हस्तान्तरण गरेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal