ट्रेन्डीङ्ग

नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीको अधिवेशन सम्पन्न

परासी,पुष २३।नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीको अधिवेशन सम्पन्न भएको छ।

नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीका कार्यबाहक अध्यक्ष केशव तिवारीको अध्यक्षता एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यता र नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

नेपाल निजामती कर्मचारी युनियन पश्चिम् नवलपरासीको अधिवेशनमा सनत कुमार गिरी अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी उपाध्यक्षमा महेन्द्र गिरि,केशरी देवि गैरे,सचिवमा सुन्दर खनाल,सहसचिवमा कुलदिप नारायण मिश्र,कोषाध्यक्षमा जय नेपाल बानिया चयन भएका छन।

त्यसैगरी सदस्यहरूमा क्रमशःमोहन प्रसाद पाण्डे,खेमनारायण खनाल,सृजना अधिकारी,ब्रम्ह प्रसाद गुप्ता,सन्ध्या ज्ञवाली,जमुना अधिकारी,रङ्गिला चौधरी,राजेश ज्ञवाली चयन भएको अध्यक्ष सनत कुमार गिरिले जानकारी दिनु भएको छ।त्यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधि तर्फ केसव तिवारी,मनिष अधिकारी र केशव पौडेल सर्वसम्मत भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?