ट्रेन्डीङ्ग

जनपत्रकार संगठन नवलपुरको प्रथम भेला सम्पन्न,संयोजकमा भानु चापागाईं

नवलपुर।जनपत्रकार संगठन नेपाल नवलपुरको जिल्ला भेला सम्पन्न भएको छ। संगठनका जिल्ला संयोजक भानु चापागाईको अध्यक्षतामा संगठनले प्रथम जिल्ला भेला सम्पन्न गरेको हो।

नवलपुरको सदरमुकाम कावासोतीमा जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुर्य बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल कम्युनिष्ट पाटीका नवलपुर सेक्रेटरी शितल लगाएतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा नवलपुरमा क्रियाशील क्रान्तिकारी पत्रकारहरुको उपस्थिति रहेको थियो।भेलाले भानु चापागाईको अध्यक्षतामा ७ सदस्यिय जिल्ला समिति चयन गरको छ।।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बरालले जनपत्रकारले समाजको पिधमा रहेका र अन्याय तथा शोषणमा परेका समुदायको पक्षमा सधै आवाज बुलन्द पार्नुपर्ने बताए। कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी नवलपुरका जिल्ला सेक्रेटरी शितलले मन्तब्य व्यक्त गर्दै नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए।

भेलाले भानु चापागाईंको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। जस्को सचिवमा सुस्मिता नेपाली, सदस्यहरुमा स्मृति परियार, सौगात पराजुली र सुमन पौडेल लगाएतका रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal