ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)बझाङको विस्तारित बैठक तथा प्रदर्शन

बझाङ।अखिल(क्रान्तिकारी)बझाङको विस्तारित बैठकद्वारा ३१ सदस्य जिल्ला समिति गठन गरी जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ।

सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचीव विराटले विधार्थी भनेको राष्ट्रियको सचेत नागरिक भएकोले अहिलेको दलाल पूँजीवाद व्यवस्थाको अन्त्यगरी वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि पार्टीले चालेको कदमलाई महत्वपूर्ण भुमिकाद्वारा सहयोग गरी सफल पार्नु पर्ने बताउनु भयो ।

अर्का वक्ता अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा सुप इन्चार्ज प्रकाश जप्रेलले सम्बोधन गर्दै अहिलेको शिक्षा भनेको पूर्ण रुपमा अवैज्ञानिक र बुर्जुवा भएकोले राज्य सत्ताको आमुल परिवर्तन सँगै शिक्षा प्रणाली पनि पूर्ण रुपमा आमुल परिवर्तन गर्नु पर्ने यसको लागि अखिल(क्रान्तिकारी)ले मात्र सक्ने भएकोले सम्पूर्ण विधार्थीहरु अखिल(क्रान्तिकारी) मय हुनु पर्ने वताउनु भयो ।

अखिल(क्रान्तिकारी)का जिल्ला अध्यक्ष कमल थापाको अध्यक्षतामा र नेकपा बझाङ सचिव विराटको प्रमुख आतिथ्यतामा,अखिल(क्रान्तिकारी)केन्द्रिय सचिवालय सदस्य तथा सुप इन्चार्ज प्रकाश जप्रेलको विशिष्ट आतिथ्यता र केन्द्रिय सदस्य शंकर खातीको आतिथ्यतामा बैठक भएको थियो भने संचालन नेकपा जिल्ला सदस्य तिलख कुवँरले गरेका थिए।

बैठक समापनपछि बढदो महँगीको विरुद्धमा र यातायात छुटको माग गर्दै नाराजुलुस सहित चैनपुर बजार परिक्रममा गरि कोणसभामा परिणत भएको थियो भने कोणसभालाई केन्द्रिय सचिवालय सदस्य प्रकाश जप्रेले सम्बोधन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal