
परासी, १७ पुस।फैजाने अहले बैत संस्था नवलपरासीको ४ औ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मियाको अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका अग्रहरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
संस्थाको प्रथम अधिवेशनबाट संस्थाको अध्यक्ष पदमा पुनःसैयद गुलाम हुसैन मिया सर्वसम्मत रुपले चयन भएका छन। संस्थाको उपाध्यक्षमा सद्दाम हुसैन अन्सारी,सचिबमा शमशेर अलि अन्सारी, कोषाध्यक्षमा शाह आलम अन्सारी र सहसचीवमा मेराज अलि अन्सारी निर्बिरोध निर्वाचित भएका छन।त्यस्तै सदस्य पदमा साकिर अलि,आफ्ताबे अजमत,सेराज अहमद अन्सारी,साजहा खातुन,निजामुद्दिन पठान, इशराफिल अन्सारी,जमिर पठान,अब्दुल जब्बार चयन भएका छन।
सभामा दाइजोमुक्त अभियान संग सहमत भइ पाल्हिननदन ३ कुश्मा बस्ने एहसान अन्सारीले ६ बर्ष अगाडि आफुले लिएको दाइजोको रकम फिर्ता गरेपछी उनलाई सम्मान गरिएको थियो। सभामा वडा अध्यक्ष चन्द्रीका अग्रहरीलाई पनि संस्थाका अध्यक्ष गुलाम हुसैन मियाले सम्मान गरेका थिए।
सभामा सचिब र कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता सुवेदी श्रेष्ठ,पुर्ब जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ,समाजसेवी हैदर अली मोमिन,अमिरुल्लाह मिया,हाजी इश्हाक मिया,मौलाना मोहरम अली निजामी लगायतले शुभकामना मन्तव्य राखेका थिए।