ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा चिसो वढ्यो

सुनवल।हिजो देखि एक्कासी वढेको चिसोको कारण पश्चिम नवलपरासीको जनजिवन प्रभावित वनेको छ।


विहानैदेखि लागेको बाक्लो कुहिरोका कारण जनजिवन कष्टकर वनेको हो।दिनभरीनै कुहिरो र सितलहरका कराण चोकचोक र घर अगाडि आगो तापेर चिसो छल्न बाध्य छन।चिसोका कारण खास गरि वृद्धवृद्धा र वालवालिकाहरु बढि प्रभावित वनेका छन।

चिसो वढेपछि पश्चिम नवलपरासीका सुनवल,परासी,वर्दघाट लगायतका मुख्य बजारहरुमा समेत चहलपहल घटेको छ।त्यस्तै चिसो हावा समेत चलेकाले आफ्नो कामकाजका लागी वाहिर निस्कनेहरु समेत प्रभावित वनेका छन।त्यस्तै वाक्लो कुहिरोको कारण सवारी दुर्घटनाको जोखिम समेत वढेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal