ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा संचालित नवलपरासीमा विधार्थी जागरण अभियान सम्पन्न

नवलपरासी।अखिल क्रान्तिक्रारीको विधार्थी जागरण अभियान नवलपरासीमा सम्पन्न भएको छ।वैज्ञानिक समाजवादि व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नाराका विधार्थी जागरण अभियान नवलपरासीमा सम्पन्न भएको हो।

अभियानले नवलपरासीमा १ दर्जन बढी विधालयमा २ हजार बढी विधार्थीलाइ भेटघाट तथा प्रशिक्षित गराउदै १० कमिटि गठन गरेको क्रान्तिकारीका जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए।
अखिल क्रान्तिकारीका केन्दीय सदस्य तथा नवलपरासी पश्चिम इन्चार्ज विकल्पको संचालनमा भएको अभियानको समिक्षा तथा बिदाइ कार्यक्रममा नेकपा नवलपरासी जिल्ला पार्टी सचिव धिरजले देश परिवर्तनमा विधार्थीको भूमिका उल्लेखनीय हुने भएकोले यो अभियानले पार्टीको कार्यदिशा र विधार्थी आन्दोलनलाइ थप टेवा पुराउने भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो।
धिरजले विधार्थीका तमाम समस्याको आवाज भनेर बोल्ने र वर्तमान शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने भएकोले त्यसको विकल्प वैज्ञानिक समाजवादी शिक्षाका लागि विधार्थीमा जागरण सृजना गर्दै व्यवासायिका र व्यवहारिक शिक्षाका लागि अभियानलाइ अगाडी बढाउँन आग्रह गर्नु भयो।
विधार्थीलाइ शैक्षिक मुद्दा उजागर गर्दै मनपरि ढंगमा विभिन्न शिर्षकमा लिएका शुल्कको विषयमा,एमसीसी जस्ता विभिन्न राष्ट्रघाती सम्झौताका विषयमा विधार्थीलाइ जागरूप बनाउदै वैज्ञानिक समाजवादी शिक्षाका लागी जनमत संग्रहको पक्षमा बहस चलाउन निर्शेषित गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?