
पुष ९ नवलपरासी।मेडीकल कलेजले नियम विपरित,स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौं रकम उठाएर विद्यार्थी र अविभावकहरुमाथी अन्यायपुर्ण व्यवहार गरेको भन्दै चेतावनी दिएको छन्।सङ्गठनका केन्दीय अध्यक्ष प्रकाश शाहीले आज सुक्रबार एक विज्ञप्ति मार्फत मेडिकल कलेजका बिधार्थिबाट नियम विपरित लाखौ उठाइरहेको भन्दै विधार्थीका माग पुरा गर्न चेतावनी दिएका छन।
विज्ञाप्तिमा भनिएको छ”काठमाण्डौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौं मेडिकल कलेज (KMC) सिनामंगल तथा मेडीकल माफिया सुनिल शर्मा,मणिपाल मेडीकल कलेज र नोबेल मेडीकल कलेजले MBBS-2021 व्याचका विद्याधीहरबाट नियम विपरित, स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौं रकम ठगीरहेको तथा विद्यार्थी र अविभावकहरुमाथी नियम विपरित गरेको अन्यायपुर्ण व्यवहार र रवैया प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तिमा ‘चिकित्सा शिक्षा आयोग सम्बन्धित विश्वविद्यालय, स्थानिय प्रशासन, विद्यार्थी संगठन,अविभाबक र सम्बन्धित विद्यार्थीहरु कसैको पनि कुरा नसुनि निति,नियम,निर्देशन र अनुशासनको गम्भिर उलघन गरिरहेका मेडीकल कलेजलाई विद्यार्थीहरुका माग पूरा गर्न,चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न जोडदार माग गरेका छन् ।
होस्टेलमा बस्ने / नवस्ने विषय ऐछिक र विद्यार्थीको स्वनिर्णय हुने र विद्यार्थीले सम्पुर्ण शुल्कहरु विश्वविद्यालयमानै एकमुष्ट वुझाईसकेको अवस्थामा चिकित्सा शिक्षा आयोग,विश्वविद्यालय र स्थानिय प्रशासनको स्पष्ट निति र निर्देशन हुँदाहुदै KMC अन्य मेडीकल कलेजहरुले गरिरहेको अटेरिर ठगिको भर्संना गरेको छ साथै KMC र अन्य मेडीकल कलेज प्रशासनलाई विद्यार्थीका मागहरु पुरा गर्न र निर्देशक निकायहरुका निर्देशनहरुलाई इमान्दारिताका साथ पालना गर्न माग गरेको छ ।
विद्यार्थी र अविभावकहरुको अधिकारका पक्षमा जुनसुकै स्तरको संघर्षमा उत्रिने बताउदै माग पुरा नभए आउन उक्त परिस्थितिको जिम्मेवार स्वय KMC र अन्य मैडीकल माफियाहरु हुने चेतावनी दिएको विज्ञप्तिमा उल्लेख छ ।