ट्रेन्डीङ्ग

नेविसंघ र तरुण दलको सुनवलमा संयुक्त बिरोध प्रदर्शन

पुष ६ नवलपरासी ।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले संयुक्त रूपमा पश्चिम् नवलपरासीको सुनवलमा मसाल जुलुस प्रदर्शन गरेको छ। ओलि सरकारले संविधान विपरीत संसद विघटन गरेको भन्दै बिरोध स्वरुप साँझ मसाल जुलुस प्रदर्शन गरेको हो । बिरोध प्रदर्शन पछी तरुण दलका नेता भरत पौडेलले केपि ओलिको कम्युनिस्ट सरकार संसद विघटन गरि चुनाव मिति जनतामा छारो हाल्ने काम र देशलाइ अधिनायकवाद लाद्न खोजेको आरोप लगाए !त्यस्तै अर्का वक्ता नेविसंघक का नेता कमल बश्याल ले कम्युनिस्ट पार्टी र केपि ओलि देशका लागि अभिषाप भएको यी शक्तिलाई प्रतिपाद गर्न सम्पूर्ण युवा विद्यार्थी एक जुट हुन आग्रह गरेका गरेका थिए ।

सरकारविरूद्ध नाराबाजी गर्दै नेविसंघले सुनवलमा मसाल जुलुस निकालेको थियो। तरुण दलका क्षेत्रीय सचीव माधव पाण्डेको प्रमुख आथिथ्यता भएको कार्यक्रम तरुण दलका सचिव भरत पौडेलको अध्यक्षतामा भएको थियो भने संचालन नेविसंघका नेता अनुकुल रेग्मीले गरेका थिए ।बिरोध प्रदशनमा नेविसंघ र तरुणका जिल्लास्थरिय नेता कार्यकर्ता सहभागी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?