ट्रेन्डीङ्ग

बिधालयबाट निस्कासन हुने डरमा आत्महत्या,दोषीलाई कार्वाही गर्न अखिल (क्रान्तिकारी)को माग

पुष ८ओखलढुंगा। अखिल (क्रान्तिकारी)ले ओखलढुंगाको चम्पादेवि-३ स्थित बालज्योति माध्यामिक विधालयमा अध्ययनरत विधार्थी बिमला बोगटिलाइ आत्महत्या गर्न बाध्य पारेको कार्वाहीको माग गरेको छ । क्रान्तिकारीले विधालय व्यवस्थापन समितिका अध्यक्षले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै कार्वाहीको माग गरेको हो।

क्रान्तिकारी ओखलढुंगाका अध्यक्ष गोमा धमलाको हस्ताक्षरी विज्ञप्तिमा भनिएको छ “बालज्योती मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले विद्यार्थीलाई ढिलो आएको भनी स्कुलमा प्रवेश गर्न नदिइ नाम टिपेर ढिला आएको भनि स्कुलबाट निष्कासन गर्ने सम्मको धम्की दिइ विद्यार्थीलाई घर फर्काइदियर मानसिक टचर दिएको कारण कक्षा ८ मा पढ्ने १४ बर्षिय बिमल बोगटीले आत्महत्या गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ विद्यार्थी बोगटीलाइ” आत्महत्या दुरुत्साहन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीलाई यथासिग्र कार्वाहीको माग गर्दै अन्यथा घटनालाई ढाकछोप गरि दोसिलाई कार्वाही नगरेको खण्डमा चरणबद्द आन्दोलनमा चेतावनी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal