ट्रेन्डीङ्ग

मजदुर जागरण अभियान नवलपरासीमा सम्पन्न

पुष ९ बर्दघाट।नेकपा निकट अखिल नेपाल क्रान्तिकारी डेट्र युनियन महांसघको लुम्बिनी प्रदेश स्तरीय मजदुर जागरण अभियान नवलपरासीमा सम्पन्न भएको छ ।

गत मंसिर २८ गते सुरु भएको मजदुर जागरण अभियान अन्तर्गत नवलपरासीमा औद्योगिक,निर्माण,अटो मजदुर लगायतका १ दर्जन बढी कमिटी निर्माण गर्दै सम्पन्न भएको हो।


समिक्षा बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्जले शरद ओलिले संगठन सुदृढीकरण गर्दै,एमसिसि,पार्टीमा क्रान्तिकारी धुर्विकरण गर्दै जाने मजदुरका हक-अधिकार न्युनतम पारिश्रमिक बारे उधोगलाइ ध्यानाकर्षण गराउदै,पार्टीले अघि सारेको कार्यदिशा एकीकृत जनक्रान्तीबारे जनतामा जागरुक बनाउदै जनमत संग्रहको जनलहर सृजना गर्न अभियान चलाउने बताउनु भयो।

सरदले  मजदुरका तमाम समस्या दलाल पुजीवादी संसदीय व्यवस्थाबाट नभई एक मात्र विकल्प बैज्ञानिक समाजवादले गर्ने भएकोले सबै एकीकृत जनक्रान्तीको कार्यदिशामा गोलबन्द हुन अपिल गर्नु भएको थियो।

अभियानमा विभिन्न १३ वटा उद्योगहरुमा २ सय भन्दा बढी मजदुर संग भेटघाट तथा प्रशिक्षण समेत गरेको संयोजक खगेन्द्र पौडेलले जानकारी दिनु भयो ।

नवलपरासीको अभियानको समिक्षा तथा सम्पन्न बैठक अभियानका संयोजक क्रान्तिकारी ट्रेड युनियन केन्द्रिय सदस्य खगेन्द्र पौडेलको अध्यक्षता तथा संचालनमा बसको बैठकमा नेकपाका केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज शरद ओलिको प्रमुख आथित्यतामा रहेको थियो भने जिल्ला सचिव धिरज राना,पार्टी जिल्ला कमिटी सदस्य प्रताप लगायत अभियान टोलिको उपस्तिथि रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal