
अयन विश्वकर्मा, पुस २ अर्घाखाँचि । नेपाल कम्युनिस्ट पार्टि अर्घाखाँचीको गत २८ गते बसेको बैठकको निर्णय अनुसार २ नम्बर कमान अन्तर्गत नविन खड्काको कमान्डमा एक महिने एकीकृत जनजागरण अभियान आज मालारानीको गोखुङ्गाबाट उद्घाटन भएको छ ।
पार्टीको निति बमोजिम जनता भेटघाट तथा समस्याहरुलाई सक्दो सहयोग गर्ने उदेश्यका साथ अभियानको सुरुवात गरिएको नेकपा अर्घाखाँची जिल्ला सदस्य बाबुराम एसकेले जानकारी दिएका छन ।
अभियान उद्घाटनलाई सम्बोधन गर्दै पार्टीका भुमिकास्थान र सन्धिखर्क पार्टी इन्चार्ज तथा अभियानका कमान्ड नविन खड्काले जिल्लाका बिभिन्न ठाउँहरु संसदिय ब्यबस्थाले आम जनताहरुको समस्या हल नहुने बताउँदै अब व्यक्ति र पार्टीको चुनाव नभई ब्यबस्थाको चुनाव गर्नेमा जोड दिदै जनमत संग्रहको तुरुन्त घोषणा गर्नु पर्ने बताएका छन ।
करिब १०० जना उपस्थित रहेको उक्त अभियानको संचालन अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बाबुराम एसकेले जानकारी दिएका छन ।