
प्रकाश थापा,मंसिर २७ डोटी।नेपाल कम्युनिस्ट पार्टीले भिमदत्त राजमार्ग गैरा बजार नजिकै अवैध ढुङ्गाखानी निकासी गर्ने कार्य रोक्न चेतावनी दिएको छ ।
नेकपा जोरायल गाँउ पालिका गाँउ कमिटी डोटीले प्रेस वक्तव्य मार्फत जोरायल गाँउ पालिका वडा न. १ अन्तरगत भिमदत राजमार्ग गैरा बजार नजिकको अवधै ढुङगाखानी झिक्न र निकासि गर्ने कार्य रोक्न चेतवनी दिएको हो
गाँउ कमिटी सेक्रेटरी चन्द्रले निकालिएको प्रेस वक्तव्यमा भनिएको छ। उक्त ढुङगाखानी संचालक देवन्द्र घर्तिले सो ढुङगाखानी बाट झिकिएको ढुङगागिट्टी बराबरको रकम जनतालाई एक हप्ताभित्र फिर्ता गर्न र अटेर गरेमा कुनैपनि कामकारबाही गर्न नदिने साथै आवश्यक प्रकृया अगाडी बढाउन सम्पूर्ण सरोकारवाला निकायलाई अनुरोध गरेका छन ।