
गणेश एसके, मंसिर २६ कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समिति तीन महिने विद्यार्थी जागरण अभियानमा तिब्र रुपमा खटिएको छ ।
संगठनको केन्द्रीय तथा प्रदेश समितिले निर्णय गरेको तीन महिने विद्यार्थी जागरण अभियान उदघाटन पश्चात संगठन निरन्तर रूपमा जिल्लाका स्कूल, क्याम्पस हरुमा संगठन विस्तार गर्ने , आम विद्यार्थी हरू सँग संगठनको विचार धारण मा छलफल गरी वैज्ञानिक समाजवादी शिक्षाको बारेमा बहस चलाउने गरेको छ र विद्यार्थीहरुलाई संगठनमा संगठित गरी समाजवादी जनमत निर्माण गर्ने , वैज्ञानिक समाजवादी शिक्षा का लागि जनमत संग्रह भन्ने मूल नारालाई आम विद्यार्थी माझ व्यापक बनाउने काममा लागेको संगठनका जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले बताए । आईतबार पनि संगठनका केन्द्रीय सचिव वीरेन्द्र शाहको उपस्थितिमा जिल्लाको महेन्द्रनगर स्थित भृकुटी माविमा रोशन नेपाली को नेतृत्वमा कमिटी गठन गरिएको उनी बताउँछन् ।
साथै जिल्लाका विद्यालयहरू जनज्योति बहुमुखी क्याम्पस, बैजनाथ मावि, बालजगृती मावि, कन्या मावि , साधारण मावि लगायत अन्य स्कूल क्याम्पस कमिटी गठन र वालपेन्टिङ्गको काम भएको उनले बताए ।