ट्रेन्डीङ्ग

नेकपाको अन्तक्रिर्या कार्यक्रम सम्पन्न,प्रगतिशील संयुक्त सरकार बनाउन सहमत

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी,जिल्ला समिति पाल्पाले अायाेजना गरेको कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादका लागि जनमत संग्रह बिषयक अन्तक्रिर्या कार्यक्रम पाल्पाकाे सदरमुकाम तानसेन पाल्पा उद्योग बाणिज्य संघकाे सभाहलमा राखेको थियोे ।

कार्यक्रम शुरु भएको लगत्तै सभाध्यक्षकाे अनुमति अनुसार उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि उक्त पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला”कंचन”ले माैखिक रुपमा यसको अावश्यकता र महत्त्व बारेमा जानकारी गराउनु भएको थियोे ।जानकारी संगै उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव”ले प्रस्तुत गर्नुु भएको “वैज्ञानिक समाजवादि व्यवस्थाका विशेषताहरु” र “पुँजीवादि व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?” भन्ने बुकलेट वितरण गरिएकाे थियोे । उक्त अन्तक्रिर्या कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले उठाएको एजेन्डा र उक्त दुई पुस्तकका बारेमा लगत्तै अतिथि दिर्घासनका वक्ताहरुले अाफ्ना धारणा राखेका थिए ।

धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले)का केन्द्रीय सदस्य धनेन्द्र घिमिरेले”नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको मुलभुत एजेन्डा वैज्ञानिक समाजवादी व्यवस्था अख्तियार गर्ने विषयमा अब भिन्नता नभएको कारणले उक्त पार्टीले अगाडि सारेको प्रगतिशील संयुक्त सरकारकाे आवश्यकता बाेध भएको र उक्त सरकारमा नेकपा(एमाले)सहभागी हुन तयार रहेको बताएका छन।

वर्तमान अवस्थामा नेपालका सबै कम्युनिस्ट पार्टीको रणनीतिक वैज्ञानिक समाजवादी व्यवस्था र यसलाई प्राप्त गर्ने बाटो शान्ति पुर्ण रुपमा जनताको जनमत नै भएको हुँदा नेकपाले भनेको प्रगतिशील संयुक्त सरकार निर्माण गरि जनमत संग्रह जान एमाले तयार रहेको समेत बताएका छन् ।”

यस्तै नेपाल कम्युनिस्ट पार्टी(माअाेवादि केन्द्र)का कार्यलय सदस्य मधुरा ढकालले अहिले आफ्नाे पार्टीमा बाैद्दिक बहस र व्यवहार नभएको कता कता कम्युनिस्ट पार्टी नै हाेईन् कि भन्ने लाग्छ यसकारणले कम्युनिस्ट पार्टीको आन्दोलन सफल बनाउन पार्टीहरु नै पहिला समाजवादी हुनुपर्छ त्यसपछि बल्ल कार्यदिशा अनुसरण गर्दै रणनीति चुम्नु पर्ने बताए उनलेे भने नेकपाले अहिले याे प्रगतिशील संयुक्त सरकार र यसको नेतृत्वमा हुने जनमत संग्रह कार्यनीति भित्रकाे कुटनिति हाेकि भन्ने लाग्छ त्यसैले अहिले व्यवस्था र अवस्थामा कम्युनिस्ट बन्ने र उदेश्य अनुरुप लक्ष्य चुम्न अपनाउन अगाडि सारिएको हाे भने याे सहि छ जुन नेकपाले गरेको कामले निकै खुशी लागेको छ हामी सहभागी भएर साथ दिएर अगाडि बढ्न चाहेको बताएका छन।

यस्तै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य साेम कार्कीले नेकपाले जुन बहस गरेर याे कार्यनीति अनुसार रणनीति अख्तियार गर्न खाेजेकाे छ याे सहि छ यसलाई सर्मथन साथ दिने बताए । उनले भने केही समाजवादी सत्ता प्राप्त गर्न मुलभुत सिद्धान्त सशस्त्र क्रान्ति भएता पनि अहिले तत्कालीन जनताको अवस्था अनुसार अगाडि सारिएको कार्यनीति सहि भएको र अाँफुहरुले हिजो अाज भाेलि सधैंव साथ दिईरहने बताए । नेकपाले अगाडि सारेको प्रगतिशील संयुक्त सरकार निर्माण गरि उक्त सरकारले गर्ने जनमत संग्रहमा अाफुहरुकाे सर्मथन रहने बताएका छन् ।

यस्तै बुद्धिजीवी निर्मल श्रेष्ठले अान्दोलन सफल बनाउन ईतिहासलाई पनि हेरिनु पर्ने र त्यसको सिंवालाेकन गरेर अगाडि बढ्नु पर्ने बताए ।

राप्रपाका अध्यक्ष ढुल बहादुर कँुवरले सहि मुद्दा उठानका बिषयहरुमा अाँफुहरुले प्रतिबन्धका बेलामा समेत नेकपालाई विभिन्न ठाउँहरुमा पुगेर छलफल अन्तरक्रिया गर्ने गरेको बताए साथै उनलेे उक्त कार्य गर्दा प्रहरीले हैरान समेत गरेको बताए,उनलेे भने अहिलेकाे व्यवस्था जुन ढंगले अाईरहेकाे छ जाे मैले कल्पना समेत गरेको थिईन् यति अराजक,भ्रष्ट हाेला भनेर हामी जस्ता व्यक्तिले याे व्यवस्था अगाल्न निर्वाचनमा उठ्न नसक्ने भयौं ताकि टिकट र भाेट पैसाको बिटाेले किन्नुपर्ने भएको छ ।

राजनीति सेवा हाे भनेर बुझेको थिए साेहि अनुसार काम गरेको थिए जति गरेपनि मैले भाेट पाईन् जितिन् अब म चुनावमा उठ्दिन् भने उनलेे अझ थप्दै भने याे व्यवस्था निकै विकृति पुर्ण भएको हुँदा अब राजा नै चाहिन्छ भन्ने छैन् विकल्प खाेजिनु पर्छ जुन नेकपाले अगाडि सारेको कुरा सहि छ हामी पनि साथ दिन तयार छाैं राजावादी भए पनि मत प्रगतिशील रुपान्तरणमा विस्वास राख्ने व्यक्ति हुँ ।

यस्तै बार एसाेसिएसनका अध्यक्ष विनोद कार्कीले नेकपाले सारेको वैज्ञानिक समाजवादी व्यवस्थाका बिषयमा ल्याएको कानुनी प्रस्तावना सहि भएको बताए उनलेे उक्त पुस्तककाे अंश नै पढेर वाचन गरि सहि भएको ठाेकुवा गरे । यसकारण अहिलेकाे संविधानमा समाजवादी भनेर उल्लेख गरिएता पनि कार्यवन्यन पुरानै तरिकाबाट हुने गरेको बताए जसका कारणले अहिलेकाे व्यवस्थाकाे न्यायलय जस्तो क्षेत्रमा समेत अान्दोलन हुन थालेको बताए ।

यस्तै नेकपा क्रान्तिकारी माओवादिका लिला श्रेष्ठले पनि अाफ्नाे धारणा राख्नु भएको थियोे । उठेको प्रश्नहरुकाे जवाफ दिदै प्रमुख अतिथि बास्तोलाले आफुलाई शान्ति प्रक्रिया छाडेर अाएकाे भन्ने कुरा गलत भएको बताए उनले अाफुहरुकाे लडाइँ जारी रहेको याे लडाइँ नै हामी झन् असफल व्यवस्था परिवर्तन गर्न जनताहरुलाई संगठित गरेर ऐतिहासिक बिद्रोह गर्दै जनताको प्रगतिशील संयुक्त सरकार निर्माण गरि सडक अान्दोलनबाट घाेषणा गर्ने समेत बताए ।

अहिले असफल संसदीय व्यवस्थाका नाईकेहरुले एमसिसि पास गर्न सदन खाेलेकाे बताए यसलाई कुनै पनि हालतमा राेक्न हाम्रो अनवरत लडाइँ हुनेछ हाम्रो पार्टी सहित दलहरुले घाेषणा गरेको संघर्षका कार्यक्रममा सहभागी हुन समेत अाग्रह गरे ।

कार्यक्रमकाे सभाध्यक्ष पाल्पा जिल्ला सचिव भुवन जिसिले गर्नु भएको थियोे भने अतिथिहरु नवलपरासी जिल्ला सचिव धिरज राना,पाल्पा जिल्ला समिति ईन्चार्ज धिरेन्द्रा उपाध्याय,जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समिति काेषाध्यक्ष मुक्ति गैरे लगायतकाे उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन सचिवालय सदस्य मीन बहादुर अालेले गर्नु भएको थियोे भने अन्तक्रिर्या कार्यक्रम सकिए लगत्तै उक्त पार्टीकाे पालिका ईन्चार्ज र सेक्रेटरीहरुलाई केन्द्रीय सचिवालय सदस्य बास्तोलाले प्रशिक्षण समेत दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal