ट्रेन्डीङ्ग

कपिलवस्तुको बिजयनगरमा शिक्षा शाखा अधिकृतद्वारा:शिक्षकको तलबमा राजनिती

मंसिर २०,कपिलवस्तु ।विजयनगर गाउँपालिका -१ स्थित जनचेतना प्राथमिक विद्यालय गोबरहवाका कार्यालय सहयोगी ४ हजार र बालबिकास शिक्षक ६ हजारका दरले तलब बुझेका छ्न ।

विजयनगर गाउँपालिका भित्र ५ वटा प्रा.वि. मध्ये ४ वटा बिद्यालयका कार्यालय सहयोगी बालबिकास शिक्षक १५ हजारका दरले मासिक तलब निकासा गरेका छन जस मध्ये १ वटा प्रा. वि .गोबरहवाका शिक्षक ४ र ६ हजारका दरले बुझेका छ्न ।

अन्य बिद्यालयमा कार्यालय सहयोगी र बालबिकासलाई १५ हजारका दरले तलब खाना भन्ने तर प्रा.वि.गोबरहवा बिद्यालयको तलब माग फराम र बैंक खातामा मासिक पन्ध्र हजारका दर रहेको जानकारी पश्चात शिक्षा शाखा अधिकृत हरिहर बेल्बासेले मासिक १५ हजार मध्य कतौती गरि सो बिद्यालयका प्र.अ.ओबि कुमारी मोहरालाई ४ र ६ का दरले मासिक तलब दिने भनेर आदेश गर्नु भएको छ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल थारु सम्बन्धित निकाय शिक्षा शाखा र बैंक स्टेटमेन्ट समेतमा बुझ्दा मसिक १५ हजारका दरले रहेको तर शिक्षा शाखा अधिकृत हरिहर बेलबासेको भनाइ अनुसार उक्त बिद्यालयका प्र.अले ४ र ६ हजारका दरले मासिक तलब खुवाएको बताए ।

शिक्षा शाखा अधिकृतले सम्पुर्ण प्रा.वि. लाई समनुपतिक रुपले नहेरेको उक्त बिद्यालय गोबरहवामा विभेद गरेको र विजयनगर गाउँपालिका का शिक्षा क्षेत्रमा पटक पटक अनलाइन ,मिडियामा समाचार ,जनगुनासो ,वेतिथी जस्तो क्रियाकलाप देखिएको छ ।

उक्त बिद्यालयको विषयमा बुझ्दा स्थापनाकलमा विजयनगर गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अध्यापन गराएको र त्यही बिद्यालयका कर्मचारीलाई धेरै समस्या रहेको स्थानीयले बताएका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?