
प्यूठान २० मंसिर । प्यूठानमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका ५ चकचके नजिकै ठक्कर दिँदा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ बर्षका अमृता थापा र उनका ४ बर्षका छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा सवार अन्य चार जना घाईते भएका छन् ।घाईते हुनेमा सोहि वडाकी ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।