ट्रेन्डीङ्ग

सरकारी कर्मचारी बनिन कांग्रेसको प्रदेश सदस्य

मंसिर १९, सल्यान ।एक सरकारी कर्मचारी नेपाली कांग्रेसको प्रदेश सदस्य बनेकि छन। सल्यानको शारदा नगरपालिकाकी कर्मचारी नेपाली कांग्रेस कर्णाली प्रदेशको कार्यसमिति सदस्यमा निर्वाचित भएकी छन् ।

नगरपालिकामा फोहोर मैला व्यवस्थापनमा खरिदार सरहको करार कर्मचारीमा कार्यरत सीता मल्ल गिरी कांग्रेस कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट खशआर्य महिलामा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले सर्बाधिक ६ सय १५ मत ल्याएर बिजयी भएकी हुन । उनको नाम दुबै समुहबाट थियो। उनी जिल्लामा संस्थापन इतरको रामचन्द्र पौडेल समुहमा छिन। तर प्रदेशमा दुबै समुह (देउवा र रामचन्द्र समुह)ले मल्लको नाम राखेपछी उनले निर्वाचन जितेकी हुन ।

मल्लको नाम आफ्नो समुहमा राखिएको भन्दै सल्यानका संस्थापन समुहका नेता तथा कार्यकर्ताहरुले नेतृत्वको चर्को आलोचना गरेका थिए । देउवा समुहबाट पहिला यही कोटामा समावेश भएकी उषा राणाले जिल्लाका माथिल्लो तहका नेताले आफ्नो नाम हटाएको भन्दै फेसबुकमा स्टाटस समेत लेखेकी छन् ।

मल्लले यसअघि जिल्लामा भएको निर्वाचनमा आफू कार्यरत शारदा नगरपालिकाका मेयरकाे टिमबाट लडेर उपप्रमुख सावित्रा बस्नेतलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हराएकी थिइन् ।

जिल्लामा कांग्रेसको निर्वाचनमा लड्दा एकराज बुढाथोकी, डिल्ली जैशी,वीर बहादुर सेजवालले सरकारी शिक्षक पदबाट राजिनामा दिएका थिए । तर मल्ल भने सरकारी कर्मचारीमै रहेर राजनीतिमा होमिएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal