ट्रेन्डीङ्ग

सुनवलको वेलिबृजमा क्षती,पुर्वपश्चिम राजमार्ग अबरुद्ध

मंसिर १६ सुनवल। पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा निर्माण गरिएको अस्थायी वेलिबृज पुलमा क्षेती पुगे पछि सडक अबरुद्ध भएको छ।

गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो। बुटवल नारायणगढ सडक विस्तारका लागि पुल बनाउने काम भैरहेको छ। नयाँ पुल निर्माण गर्ने क्रममा बेलिबृजमा क्षेती पुगे पछि राजमार्ग अबरुद्ध बनेको हो।


पुलमा क्षेती पुगेको छ,५ देखि ६ घण्टा भित्र सानो गाडी सुचारू हुने गरि काम भैरहेको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी मनोज कुमार यादवले जानकारी दिए।

पुल निर्माण सम्पन्न नहुन्जेल सम्मका लागि डाइभर्सन बनाउने निर्णय भएको र आजबाट काम सुरु गरि एक हप्ता भित्र डाइभर्सन निर्माण सम्पन्न गरिने एसपी यादवले जानकारी दिनुभयो। तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal