ट्रेन्डीङ्ग

बालबालिकालाई नेत्रहिन युवा संघले “अपांगता” को विषयमा सचेतनात्मक अभिमुखिकरण

बिरेन्द्र गिरि , १६ मंसिर, बिरेन्द्रनगर।
विगत १० वर्ष देखि नेपालका दृश्टि सम्बन्धि अपांगता भएका युवाहरूको अधिकारको लागि नितिगत वकालत गर्दै आएको संस्था नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतले ३०औ अपांगता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवस मनाउने क्रममा साउथ एसिएन स्कलर्स एकेडेमिका कक्षा ६, ७ र ८ कक्षाका बालबालिकाहरूलाई “अपांगता” को विषयमा सचेत बनाउन एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।                                                                                         साउथ एसिएन स्कलर्स एकेडेमिमा भएको उक्त सचेतना कार्यक्रममा बोल्दै स्कुलका शिक्षक यज्ञ बहादुर बिसिले यस प्रकारको कार्यक्रमले बालबालिकाहरूलाई मानवता के हो भन्ने कुरा सिकाएको बताउनुभयो ।
कार्यक्रममा साउथ एसिएन स्कलर्स एकेडेमिका १५० बढि विद्यार्थी, शिक्षक र नेत्रहिन युवा संघ नेपालका पदाधिकारिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सचिव चेतन सुनारको सभापतित्वमा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal