ट्रेन्डीङ्ग

अर्घाखाँचीमा जिपको ठक्करबाट एक बालकको मृत्यु

मंसिर १३,अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।

लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो । सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal