ट्रेन्डीङ्ग

अर्घाखाँचीमा प्रहरीद्वारा लैङ्गिक हिंसा बिरुद्धको अभियान अन्तर्गत प्रभातफेरी कार्यक्रम

अनिल नेपाली ,अर्घाखाँची १३ मसिर ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा”लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान”अन्तर्गत सन्धिखर्क नगरपालिका वाड नं. १ मा प्रभात फेरी र्‍याली शान्ति बगैँचामा सम्पन्न भएको छ ।

प्रभात फेरी र्‍याली निकाली सन्धिखर्क नगर परिकर्मा गरि पून शान्ति बगैँचामा कोण सभामा परिणत भएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले लैङगिक विभेद अन्त्य गर्न सबै लाग्नुपर्ने बताउदै सबै लाग्नुपर्ने बताए ।                                                      कार्यक्रममा सशस्त्र प्रहरी ३६ नं. गुल्मपति स.प्र.ना.उ. राम कृष्ण महर्जनर्को सन्धिखर्क नगरपालिका महिला तथा बालवालिका जेष्ठ नागरिक शाखा प्रमुख बेल कुमारी परियार, अन्तरपार्टी महिला संजाल प्रतिनिधी सुशिला गैरे, एकल महिला संजाल संस्थापक खगिसरा बस्याल महिला ब्यवसायी कमला भण्डारी लगाएतले “लैङगिक हिंसा विरुद्ध“ आ–आफ्नो सान्दर्भिक मन्तब्य राख्नु भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी र शुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षत्रीले ‘लैङगिक हिंसा विरुद्ध’प्रकाश पार्दै उपस्थित सबैमा धन्यावाद दिदै समापन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?