ट्रेन्डीङ्ग

सोमनाथ बाबा मावी कक्षा ११का विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

सुनवल ११ मंसिर । पश्चिम नवलपरासिको सुनवलमा अवस्थित सोमनाथ बाबा माध्यामिक बिधालयका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ मा पढ्ने विधार्थीले एक कार्यक्रम गरि स्वागत गरेका हुन।

सुनवल-१मा रहेको सोमनाथ माविका १२ मा पढ्ने विधार्थीको आयोजनामा कक्षा १२ का विधार्थी शैलेश शाहिको अध्यक्षतामा भएको कार्यक्रममा विधालयका प्राचार्य रेश्मीराज बस्याल विशेष अतिथि(कक्षा ११/१२ का संयोजक खगराज उपाध्याय,नरिश्वर पौडेल ,कमल थापा यादुमणि खरेल,पद्दमा गौतम,अशोक श्रेष्ठ,सोमन्त खनाल,सन्तोष पाण्डेय,सुबर्ण राज उपाध्याय,बिकि पौडेल लगायतको आथित्यता सप्पन्न भएको हो।

कक्षा १२ कि तिमोथी विकको स्वागत सगै सुरु भएको कार्यक्रममा सुभकामना मन्तव्य कक्षा १२ कि गिता न्यौपाने शिक्षक हरु नरिश्वर पौडेल,खगराज उपाध्याय रेश्मी राज बस्यालले बधाई एवं सुभकामना व्यक्त गर्नु भएको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रम होटेल म्यानेजमेन्टका विधार्थीले नाटक प्रस्तुत गरेका थिए भने प्रथम त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गरि पुरस्कार वितरण गरिएको थियो साथै कक्षा ११ का विधार्थीलाइ मायाको चिनो सहित स्वागत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal