ट्रेन्डीङ्ग

प्रचण्डले पार्टी एकता बारे भ्रम फैलाउन खोजे : नेकपा प्रवक्ता प्रकाण्ड

मंसिर १० काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले टेलिफोन गरेर बारम्बार टचर दिने गरेको बताएका छन् । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले एकताको विषयमा टचर दिइरहेको बताएका हुन् ।

‘तीन बुँदे सहमति पश्चात पार्टीले सहमति कार्यन्वयनका विषयमा छलफल गर्न राजनीति भेटवार्ता गर्यो । त्यसक्रममा प्रचण्डलाई पनि भेटियो ।’ उनले भने, ‘त्यो भेटलाई हुँदै नभएको पार्टी एकताको कुरा उठाए भ्रम फैलाइएको छ । पहिलो भेट हाम्रो पहलमा भएको थियो । त्यसपछि महासचिव कमरेड र मलाई फोन गरेरै बारम्बार भेट्ने प्रस्ताव गर्नुभएको थियो ।’

नेकपा महासचिव विप्लव र प्रचण्डको पछिल्लो भेटको विषयमा कुरा गर्दै प्रबक्ता प्रकाण्डले भने, ‘महासचिव बाहिर हुँदा पनि फोन गरिरहनु भएको थियो । काठमाडौँ आउँदा पनि भेट्नका लागि प्रचण्डको फोन आएछ । काठमाडौँ भएका बेलामा भेटिदिउँन भनेर भेटेको मात्र हो । भेटमा पार्टी एकताको कुरा भएकै छैन् । प्रस्ताव आयो होला त्यो फरक कुरा हो ।’

उनले आफूहरु पार्टी एकताको विरोधी नभएको बताए ।

‘हामी क्रान्तिका लागि पार्टी एकता गर्न तयार छौँ । तर संसदीय व्यवस्थामा स्पेश खोज्नका लागि हाम्रो पार्टी तयार छैन् ।’ उनले भने, ‘प्रचण्डहरु एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा समाहित हुन्छन् भने हामीलाई कुनै आपति छैन् ।’

वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत संग्रहको कार्यदिशा समय सान्दर्भिक र लोकतान्त्रीक विधि भएकाले यसका लागि सरकार तयार हुनपर्ने बताए ।‘समस्या कहाँ हो ? त्यो नेपाली जनताले पहिचान गरिसकेका छन् ।’ उनले भने, ‘समस्या दलाल संसदीय व्यवस्थामा छ।त्यसको अन्त्य जनमत संग्रहबाट सम्भव छ । त्यसका लागि लोकतान्त्रीक शक्ति भनिएका एमाले, कांग्रेस र माओवादी तयार छन् ।’

बैठकले माघ ११,१२ र १३ गते संगठनको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा गर्ने निर्णय गरेको छ । त्यसका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

राष्ट्रिय सम्मेलनअघि देशभरबाट जिल्ला र प्रदेश भेला तथा सम्मेलन गरिसक्ने निर्णय गरेको छ।बाँकी जिल्ला भेला तथा सम्मेलन गर्नका लागि काठमाडौँं, ललितपुरको जिम्मेवारी संगठनका केन्द्रीय सदस्य शोभराज बराल, प्रदेश २ का जिल्ला तथा प्रदेश सम्मेलनका लागि सुदर्शनराज पाण्डे र गण्डकीका ६ जिल्लाको सम्मेलन गर्ने जिम्मा केवि गाउँलेलाई दिइएको छ ।

संगठनले देशभर ३९ जिल्लाको भेला तथा सम्मेलन सम्पन्न गरिसकेको जनाएको छ।त्यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको प्रदेश सम्मेलन पनि सम्पन्न गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal