
पुरन अधिकारी ,सुनवल ,मंसिर ९ ।
नेपाली काङ्ग्रेस सुनवल वार्ड न.१३ वार्ड कमिटीले केही समय अघि भएको नगर अधिवेशनबाट चुनिएका नगर कमिटीका पदाधिकारी एवं राष्ट्रिय सम्मान बाट सम्मानित नगर प्रमुख भिम बहादुर थापा (भरत) लाई समेत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएकोमा सम्मानका साथ शुभ -कामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
सुनवल १३ बडेरा स्थित पार्टीकार्यलय परिशरमा अायोजना भएको कार्यक्रमको अध्यक्षता वार्ड सभापति शोभाकर पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नगर प्रमुख भिम बहादुर थापा ,विशिष्ट अतिथि नगर सभापति सोम बहादुर रायमाझी , नगर उपसभापति रमेश कर्मचार्य लगायत निर्वाचित नगर कमिटीका पदाधिकारी र क्षेत्रिय प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
क्षेत्रिय प्रतिनिधि डिल्ली राम सुवेदीको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा वर्डा कार्य समिति सचिव घनश्याम अाले,नगर सभापति सोम बहादुर रायमाझी लगायतले अा-अाफ्नो मन्तब्य राख्नुको साथै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख एवं नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि भिम बहादुर थापाले अाफ्नो कार्य अवधिभर नगरको विकासको लागि कुनै कसर बाकि नराखि काम गरेकोे र गरि रहने काम गर्नेलाई सहिकाम गरोस् भनी खबरदारी गर्नु जायज भएता पनि राम्रोकाम गर्दा पनि खुट्टा तान्नु र गलत प्रचार प्रसार गर्नु नगरको विकासमा विरोध पुर्याउनेको काम भएको र यो कदापि मान्य नहुने बताउदै वर्डा, नगर र सम्पूर्ण देशको दिगो विकासका लागि देशनै काङ्ग्रेसमय हुनु पर्नेमा जोड दिदै त्यसको शुरुवात यसै वार्डबाट हुनुपर्ने भन्दै वार्ड कमिटीका पदाधिकारीलाई सचेत गराउनुको साथै अाफु लगायत नव निर्वाचित नगर कमिटीका पदाधिकारीलाई सम्मान प्रदान गरेकोमा धन्यवाद समेत प्रकट गर्नुभयो ।