ट्रेन्डीङ्ग

कर्णालीका संगठनहरूद्वारा मूल्यवृद्धि खारेजी, कर्णाली राजमार्ग स्तरोन्नति गर्न माग

मंसिर ९,  ।कर्णाली प्रदेशका क्रियाशील विद्यार्थी संगठन हरू द्वारा जनताका जनजीविका र जनतन्त्रको सवालमा अहिले सरकारले गरेको चर्को मूल्य वृद्धि, प्रदेश स्थित राजमार्ग स्तरोउन्नति, कर्णाली अस्पताल स्तरोउन्नति लगायतका माग सहित संयुक्त विज्ञप्ति मार्फत सम्बधित माध्यमलाई समाधानको लागि अपिल गरेका छन् । जसमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल क्रान्तिकारी गरी चार संगठनहरुले संयुक्त विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ – “कर्णाली प्रदेशमा क्रियाशिल हामी संयुक्त विद्यार्थी सङ्गठनहरु यस क्षेत्रको शिक्षामा भएका समस्याहरु , जनताको जनजिविकाको सवाल , राष्ट्रियताको विषय लगायत विभिन्न मुद्दाहरूमा संयुक्त विद्यार्थी आन्दोलन अगाडि बढाउन प्रतिबद्ध भएका छौं । तपशिल बमोजिमका विषयमा यथाशीघ्र पहलकदमी लिन संबंधित निकाय र राज्यको गम्भीर ध्यानाकर्षण गराउदछौ ।
तपशिल :
१) पेट्रोलियम पदार्थ र ग्यासमा भएको चर्को मुल्यवृद्धिले सबैभन्दा बढी मर्कामा दुर्गम र कर्णाली प्रदेशका जनताहरु परेका छ्न । आज खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य दिन दुईगुणा र रात चौगुणा का दरले बढोत्तरी भएर जनताको बाच्नपाउने अधिकार नै खोसिएको छ । पटकपटक पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको मुल्य वृद्धि खारेज गरि बढदो महङ्गी र कालोबजारी नियन्त्रण गर्न राज्यसङ्ग जोडदार माग गर्दछौं । साथै राज्यको यो शोषणकारी रवैयाका विरुद्धमा सशक्त सडक संघर्षमा आउन सम्पूर्ण विद्यार्थी साथिहरु र आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।
२) कर्णालीका विद्यार्थीहरु लगायत यस क्षेत्रका सम्पुर्ण न्यायप्रेमी जनसमुदायको संघर्ष बाट मध्यपश्चिम विश्वविद्यालयको स्थापना गरिएको कुरा सर्वविदितै छ । तर आज विश्वविद्यालयको चर्को शुल्क र विभिन्न विकृतिविसङ्गती का कारण कर्णालीका मजदुर – किसान र आमजनताका छोराछोरीहरुले पढाई बाट वन्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । यस विषयमा विश्वविद्यालय प्रशासन र संबंधित निकायलाई सचेतता पुर्वक गम्भीर ध्यानाकर्षण गराउदछौ । विश्वविद्यालयको रवैया प्रती सम्पूर्ण विद्यार्थी साथीहरू र यस क्षेत्रका सरोकारवाला सबै म.प. विश्वविद्यालय निर्माणको नयाँ संघर्षमा अगाडि बढन अपिल गर्दछौं ।
३) कर्णाली प्रदेशका जनताहरुले अझैसम्म कोरोना खोप पाउन सकिरहेका छैनन छिटोभन्दा छिटो सम्पुर्ण नागरिकहरु कोरोना खोपको व्यवस्था गर्न सरकार सङ्ग जोडदार माग गर्दछौं ।
४) दुर्घटना बाट जनताको जिवनको रक्षा गर्न र जाम बाट उनमुक्ती पाउन अवस्थित कर्णाली राजमार्गको स्तरउन्नतिका लागि सरकार सङ्ग जोडदार माग गर्दछौं ।
५) कर्णाली प्रदेशका जिल्लाहरु मा आजपनी जनताहरुले सहजै सामान्य स्वास्थ्य उपचार पाउन सकेका छैनन् जनताको स्वास्थ्य प्रति गम्भीर बन्न र कर्णाली प्रदेश अस्पतालमा आवश्यक चिकित्सक सहित स्तरउन्नतिका लागि प्रदेश सरकार सङ्ग जोडदार माग गर्दछौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal