ट्रेन्डीङ्ग

नेकपा नवलपुरद्वारा पार्टी पुनर्गठनको अवसरमा मोटरसाइकल र्‍याली

मंसिर ६, श्रीराम बस्याल नवलपुर ।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले पार्टी पुनर्गठन दिवसको अवसरमा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ।

जिल्लाको दलदले बजारबाट सुरु भएको र्याली प्रगतिनगर, कावासोती,डण्डा, गिरुवारी, बसन्तपुर हुँदै चोरमारा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई पार्टीका जिल्ला सेक्रेटरी शितलले सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थालाई खारेज गर्दै वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिको यात्रामा लामवद्द सबै नेता, कार्यकर्ता तथा जनसमुदायलाई धन्यवाद व्यक्त गर्दै निरन्तर क्रान्तिको यात्रामा रहन आह्वान गर्नुभयो ।

कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय सदस्य अविनासले गरेका थिए। कार्यक्रममा सय भन्दा बढी युवा,विद्यार्थी, स्थानीय , नेता, कार्यकर्ता लगायतको उपस्थिति रहेको बुझिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal