ट्रेन्डीङ्ग

नेकपाका १६ जनवर्गीय संगठनले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

मंसिर ६,बाजुरा । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूले अत्यावश्यक बस्तुमा भएको मूल्यबृद्धि फिर्ता गर्न प्रधानमन्त्री शेरबहादु्र देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

नेकपा निकट १६ वटा जनवर्गीय संगठनहरुले जनताको दैनिक जीवन निर्वाहसँग जोडिएको अर्थतन्त्रको मानक पेट्रोलियम पदार्थमा सरकारले निरन्तर गरेको मूल्यवृद्धिको विरोधमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवार, मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दको नेतृत्वमा गएको संयुक्त जनबर्गीय संगठनको टोलीले मन्त्रालयका सचिव दिनेश भट्टराई मार्फत देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

कुनैपनि हालतमा सरकारले पेट्रोलिय पदार्थमा गरेको मूल्य बृद्धिले फिर्ता लिनु पर्ने अध्यक्ष चन्दको माग थियो ।

‘हामीले चरणबद्ध आन्दोलन गरिरहेका छौँ । हाम्रो एक मात्र उद्येश्य मूल्य बृद्धि फिर्ता हो । यसका लागि नेपाल बन्दसम्मका कार्यक्रमहरु गरेर व्यापक जनसमर्थन पाएका छौँं’, उनले भनिन्, ‘यो जनताको मागलाई बेवास्ता गरिए निर्णायक आन्दोलन गर्न हाम्रो पार्टी बाध्य हुनेछ । यसमा समयमै सरकारले ध्यान देवस ।’

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष चन्दले स्थायी सत्ताका रुपमा रहेको कर्मचारी संयन्त्रले मूल्य बृद्धि नियन्त्रणका बारेमा खोचेर निर्णय गर्नुपर्ने बेला आएको बताइन् । ज्ञापनपत्र बुझ्दै मन्त्रालयका सचिव भट्टराईले छिटो भन्दा छिटो यो ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिबद्धता व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal