ट्रेन्डीङ्ग

गुल्मीमा हराएका एक व्यक्ति मृत अबस्थामा भेटिए

मंसिर २,गुल्मी । गुल्मी मा हराएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छ।जिल्लाको इस्मा गाउँपालिका २ ताल्तुङ स्थायी घर भएका ६२ वर्षिय थानेश्वर सारु मगरको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
घरमा कसैलाई जानकारी नगराई हिडेका उनी धेरै समय वित्दा सम्पर्कमा नआएपछि उनकी श्रीमतीले प्रहरी समक्ष निवेदन दिएपछि स्थानिय र प्रहरी समेतको टोलीले खोजतलास गर्दा शव भाडगाउँ भेटिएको हाे।

उनी उनको कोठादेखी घर जाने बाटोको २ कि.मी टाढा पहिरोमा मृत अवस्थामा भेटिएका हुन्। घटनाको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal