ट्रेन्डीङ्ग

बन्दकाे पुर्वसन्ध्यामा नेकपा पाल्पाले गर्याे चार ठाउँमा मशाल जुलुस

  1. मुक्ति गैरे,पाल्पा ,कार्तिक २९ । नेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्धी विरुद्ध भोलि कार्तिक ३० गते नेपाल बन्द घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध पार्टी केन्द्रीय समितीद्वारा घोषणा गरिए अनुसार चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएको नेकपा पाल्पाले भोलीको नेपाल बन्दको पुर्वसन्ध्यामा जिल्लाका विभिन्न ठाउहरुमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

जिल्लाकाे मुख्य शहर सदरमुकाम तानसेन टुडिखेल देखि अान्दोलन चाेक,रामपुर बजार,रिब्दिकाेट गाउँपालिका देउराली बजार र रिब्दिकाेट ख्याहाकाे जाेगिथुमा गरि चारवटा ठाउँहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

मशाल जुलुस प्रदर्शन तानसेन अान्दोलन चाेक,देउराली बजार,रामपुर चाेकमा क्रमश नेकपा केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षा,सेक्रेटरी भुवन जिसि,रामपुर नगर इन्चार्ज तथा सचिवालय सदस्य मीन बहादुर अाले “नेपाल” र रिब्दिकाेट गाउँपालिका ईन्चार्ज अाकाशले मशाल जुलुसकाे नेतृत्व गरेका थिए ।

मशाल जुलुस प्रत्येक बजारकाे चाेकमा पुगेर काेणसभामा परिणत भएको थियोे ।

मशाल जुलुस प्रदर्शनमा भाेलिकाे नेपाल बन्द सफल पारौं,पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्धी खारेज गर,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद,दलाल पुँजिवादि संसदीय व्यवस्था मुर्दावाद,वैज्ञानिक समाजवाद जिन्दावाद,बढ्दाे महङ्गो नियन्त्रण गर लगाएतका चर्का नाराहरु लगाएका थिए ।

मशाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै ईन्चार्ज अपेक्षाले सबैलाई अाज सम्मकाे कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिदै भाेलिकाे नेपाल बन्दमा समेत सबैलाई सहयोग गरि सफल बनाउन अपिल समेत गर्नु भएको थियोे।

उहाँले आम नेपाली श्रमजीवी जनताको ढाड सेक्ने गरि गरिएको मुल्यबृद्धीलाई चुपचाप टुलुटुलु हेरेर बस्न नसकेर आफुहरु संघर्षमा होमिएको बताउनुभयो । र सधैंव जनताको साथमा रहने पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको हुँदा जनताको दुख हेरेर बस्न नसक्ने समेत बताउनुभयो।

उहाँले भोलिको बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द बिहान ६ बजेदेखी साझ ५ बजेसम्म हुने समेत बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal