ट्रेन्डीङ्ग

नेकपाद्वारा नवलपुरमा मुल्यवृद्धिको बिरोध प्रदर्शन

कात्तिक २७, नवलपुर।विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध नवलपुरमा बिरोध प्रदर्शन गरेको छ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको देवचुली
नगरपालिकामा बिरोध प्रदर्शन गरेको छ। कार्यक्रममा जिल्ला तहका नेता कार्यकर्ता,युवा,विद्यार्थी सहित स्थानीयको उपस्थिती रहेको थियो।बिरोध कार्यक्रमलाई जिल्ला कमिटी सदस्य श्याम शर्मा भुषालले सम्बोधन गरेका थिए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्, दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद , ३० गतेको नेपाल बन्द सफल पारौँ लगायतका नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको बुझिएको छ।

मूल्यवृद्धि बिरुद्ध उक्त पार्टिले देशब्यापी बिरोधका कार्यक्रम घोषणा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal