ट्रेन्डीङ्ग

मूल्यवृद्धि बिरुद्द नवलपुरका तीन ठाउँमा नेकपाको मसाल जुलुस

कार्तिक २६, नवलपुर। विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध नवलपुरमा बिरोध प्रदर्शन गरेको छ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयत्रिवेणी गाउँपालीकामा मसाल जुलुस बालेर बिरोध प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्, दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद , ३० गतेको नेपाल बन्द सफल पारौँ लगायतका नारा लगाउँदै पुर्व पश्चिम राजमार्गमा सवारी ठप्प पार्दै मसाल जुलुस बालीएको बुझिएको छ।

मूल्यवृद्धि बिरुद्ध उक्त पार्टिले देशब्यापी बिरोधका कार्यक्रम घोषणा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal