ट्रेन्डीङ्ग

नेकपाद्वारा सुस्ता क्षेत्रमा भारतीय एसएसबिको नापजाँच विरुद्ध प्रदर्शन गर्ने

कार्तिक २२ नवलपरासी ।पश्चिम नवलपरासी सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेकपाले प्रदर्शन गर्न भएको छ ।भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनबर्गिय संगठनले भोलि कार्तिक २३ गते माइतीघर मण्डलमा बिरोध प्रदर्शन गर्ने भएको हो।

नेकपाका जनबर्गिय संगठनले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै “नेपालमा भारतीय हस्तक्षेप सन् १८१६ को सुगौली सन्धि यता लगातार जस्तो छ नेपाली राष्ट्रियताको यो आन्दोलनमा नेपाली जनताहरुले ठूलो त्याग बलिदान गरेका छन तर नेपाली शासकहरुको आत्म समर्पणवादी चरीत्रका कारण स्वाधीनताको हाम्रो लडाई आज पनि निरन्तर जारी छ।

नेपालीहरु चाडपर्वमा रमाई रहेको बेला भारतीय पुलिस फोर्स (नक्व)ले नेपालको जमिन सुस्ताको डुबान क्षेत्रको १४०० हेक्टर भित्र आफ्नो जवानहरुको तैनाथीमा गरेको नापजोख र हस्तक्षेप प्रती नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ,यो हाम्रो राष्ट्रियता माथीको हस्तक्षेप भएकाले यस हर्कतको घोरभर्सना गर्दछौं र भारतलाई यो प्रकारको हर्कत नगर्न चेतावनी दिएको विज्ञप्ति उल्लेख गरिएको छ।

विज्ञप्तिमा उक्त घटनाको विरोधमा भोलि कार्तिक २३ दिउँसो २ बजे माईतिघर मण्डला हुने विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण देशभक्त नागरिक,बुद्धिजीवी,युवा,विद्यार्थी पत्रकार,वकिल लगायतमा अनुरोध गर्दछौं । विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal