ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समिति प्रथम बैठक सम्पन्न,निर्णयहरु सार्वजनिक

कार्तिक १७ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक पार्टीका केन्द्रीय सदस्य एटम विसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा विद्यार्थीहरुको आन्दोलन र शैक्षिक रूपान्तरणको विषयमा महत्त्वपूर्ण निर्णय गर्दै कालिकोटको मालकोटमा सम्पन्न भएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ,“हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी)कर्णाली प्रदेश समितिको प्रथम पुर्ण बैठक मिति २०७८ कार्तिक १५ गतेका दिन संगठनका प्रदेश ईन्चार्ज क.प्रेम शाहीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क.एटम बिसीको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव क.विरेन्द्र शाहको आतिथ्यतामा कालिकोटको मालकोटमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको विद्यार्थी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न र शिक्षाक्षेत्रको आमूल रुपान्तरणका लागि बैठकले लिएका तपशिल बमोजिमका केही ऐतिहासिक र महत्त्वपूर्ण निर्णयहरु सार्वजनिकिकरणका लागि यो प्रेस विज्ञप्ति जारी गर्दछौं ।
तपशिल :

१)“ वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह ” भन्ने मुल नारा सहित कर्णाली प्रदेश सम्पुर्ण जिल्लाहरुमा तिन महिना मङ्सिर देखि माघ सम्म विद्यार्थीहरुका बीचमा व्यापक जागरण अभियान संचालन गरिनेछ ।
२) सरकारी विद्यालयहरुमा लगाईको शुल्क , खेताला शिक्षकको विगबिगी,शिक्षकहरुको लापरबाही र मनोमानी , विद्यालयको भौतिक संरचना निर्माणमा हुने भ्रष्टाचार र अन्य विभिन्न बेथितिका विरुद्धमा संघर्ष गरिनेछ ।
३) निजि विद्यालयहरुले लिईरहेको चर्को शुल्क , तोकिएको छात्रवृत्ति नदिने समस्या र शिक्षा ऐन नितिनियम विपरीत मनोमानी तवरले संचालन भैरहेका विद्यालयहरु का विरुद्धमा संघर्ष गरिनेछ ।
४) मध्यपश्चिम विश्वविद्यालयले लिईरहेको चर्को शुल्क , राजनीति भागबन्डा र विश्वविद्यालयमा भएका सम्पुर्ण बेथितिहरुका विरुद्धमा संघर्ष संचालन गरिनेछ ।
५) जुम्लामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका विभिन्न विकृतिविसङ्गतिहरुका विरुद्धमा संघर्ष संचालन गरिनेछ ।
६) यातायातमा भाडादरमा विद्यार्थीहरुले पाउनु पर्न ४५ % सहुलियतका लागि दबाबमूलक संघर्ष गरिनेछ छ ।
७) कर्णाली प्रदेशमा भएका सम्पुर्ण सामाजिकविकृती विसङ्गतिहरु जस्तै : जातिय विभेद , महिला हिंसा , जाडरक्सी-जुवातास,लागूऔषध दुर्व्यसनीका विरुद्ध संघर्ष संचालन गरिनेछ ,
८) कर्णालीका सम्पुर्ण जनताहरुलाई तत्काल सहज रुपमा कोरोना खोप उपलब्ध गराउन सरकार सङ्ग जोडदार माग गर्दछौं ,
९) कर्णाली राजमार्गको स्तरोन्नतिको लागि राज्यको गम्भीर ध्यानाकर्षण गराउदछौ ।”विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?